परिहार
Romanized: parihaara, parihaar, parihar, parihara
पूर्ण त्याग; परित्याग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पूर्ण त्याग; परित्याग।
२.
दोष वा अनिष्ट कुराहरूलाई हटाउने वा फाल्ने काम।
३.
युद्धमा लुटिएको धन-सम्पत्ति।
४.
कुनै कुकृत्यको प्रायश्चित्त।
५.
अनावृष्टि आदि सङ्कटका कारणले कर वा लगानीको ब्याजमाफी।
६.
दण्ड वा ऋण आदिमा गरिएको सहुलियत। ७ बचाउने वा प्रयोग नगर्ने क्रिया; जगेर्ना।
८.
कुनै विषयका सम्बन्धमा गरिएको खण्डन।