परेली
Romanized: parelee, parelii, pareli
परेली (parelee) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
परेली(१)
(नाम [संस्कृत प्रहर+एली > पालो+एली])
1.
कृषकहरूको परस्परमा खेतालाको साटासाट गर्ने वा एक अर्काको काम गरिदिने प्रक्रिया; खेतालो गएर खेतालै तिर्नुपर्ने गरी लगाइएको रिन; खेताले पैंचो; पर्म; बोझे।
परेली(२)
(नाम [संस्कृत प्राणी])
1.
स्वास्नीलाई बोलाउँदाको मानबोधक शब्द; विवाहिता स्त्री।
परेली(३)
(नाम [पडेली ८ संस्कृत पाठावली])
1.
धामी वा झाँक्री पतुर्ने बेलामा उच्चारण गर्ने मन्त्र।