पार्नु

Romanized: paarnu, parnu

पर्ने गराउनु पर्ने तुल्याउनु; समावेश गर्नु-गराउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

प्रेरणार्थक क्रिया [पर्+आर्+नु]

१.
पर्ने गराउनु पर्ने तुल्याउनु; समावेश गर्नु-गराउनु।
२.
गराउनु; तुल्याउनु; बनाउनु (मोही पार्नु इ.)।
३.
दिलाउनु (गाल पार्नु आदि)।
४.
तयार गराउनु (ठिक पार्नु आदि)।
५.
सल्काउनु; बाल्नु (सलाई, आगो आदि)।
६.
फुल आदि पैदा गर्नु।
७.
मुखमा औषधी, पथ्य आदिको सेवन गराउनु।
८.
गिराउनु, झार्नु।
९.
झमेला (मुद्दा आदि) खडा गर्नु।
१०.
हाल्नु (शब्द, बोली, आदि)
११.
शृङ्गार गर्नु।

सम्बन्धित शब्दहरू