पिँढी
Romanized: pindhi, pimdhee, pindhee, pindhii
बस्न र केही राख्न हुने गरी गाराको सट्टा थामहरू हाली बनाइएको, घरको गाराबाहिरको भाग; दलान; पिंडी। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
बस्न र केही राख्न हुने गरी गाराको सट्टा थामहरू हाली बनाइएको, घरको गाराबाहिरको भाग; दलान; पिंडी।
२.
बाबु, बाजे, बराजु आदि र छोरो, नाति, पनाति आदिको पूर्वापर क्रम; वंशपरम्परा; पुस्ता (जस्तो-सातौँ पिँढी, आठौँ पिँढी आदि)।
३.
उमेर र अवस्थाका आधारमा निर्धारित मानिसहरूको जमात। (उदा.- बाल पिँढी, युवा पिँढी, नयाँ पिँढी, भोको पिँढी आदि)।
उदाहरण वाक्य
- बाल पिँढी, युवा पिँढी, नयाँ पिँढी, भोको पिँढी आदि