पुक्क
Romanized: pukk, pukka
कसैलाई मुड्की वा सानो डल्ला आदिले हान्दा एकै चोटि हलुका किसिमले लाग्ने गरी। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल पुक्+क]
१.
कसैलाई मुड्की वा सानो डल्ला आदिले हान्दा एकै चोटि हलुका किसिमले लाग्ने गरी।
२.
फुल्ने वा सुन्निने किसिमले। (उदा.- हावा भरिएपछि भकुन्डो पुक्क फुल्छ।)।
३.
(विशेषण)
फुलेको; सुन्निएको।
४.
मोटाएको; मोटो। (उदा.- उसका पुक्क गाला देखेर सबै मोहित हुन्छन्)।
उदाहरण वाक्य
- हावा भरिएपछि भकुन्डो पुक्क फुल्छ।