पुग्नु

Romanized: pugnu

एक ठाउँबाट प्रस्थान गरी अर्को ठाउँमा प्रस्तुत हुनु; कुनै ठाउँबाट हिँडी लक्षित स्थानमा उपस्थित हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [संस्कृत प्रापक+नु]

१.
एक ठाउँबाट प्रस्थान गरी अर्को ठाउँमा प्रस्तुत हुनु; कुनै ठाउँबाट हिँडी लक्षित स्थानमा उपस्थित हुनु।
२.
पठाइएको ठाउँमा पठाइएको कुरा दाखिल हुनु; पहुँचनु।
३.
कुनै कामका निम्ति मालमत्ता वा वस्तुको परिमाण पर्याप्त हुनु।
४.
एक अवस्थाबाट अर्को अवस्थामा परिवर्तित हुनु।
५.
इच्छा गरेको कुरा पूर्ण हुनु; चिताएको कुरा प्राप्त हुनु।
६.
कसैको दाँजो वा बराबरमा आउनु; कसैको बराबर बन्नु ।
७.
सम्पन्न हुनु।

सम्बन्धित शब्दहरू