पूरक
Romanized: purak, pooraka, poorak, puurak
कुनै व्यक्ति वा वस्तुको कमीलाई पूरा गर्ने; कुनै कुराको खाँचोलाई पूरा गर्ने। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कुनै व्यक्ति वा वस्तुको कमीलाई पूरा गर्ने; कुनै कुराको खाँचोलाई पूरा गर्ने।
२.
(नाम)
व्याकरणमा अपूर्ण वा पूरकापेक्षी क्रियापद प्रयुक्त भएको वाक्यमा जोडिई क्रियापदको अर्थलाई पूरा गराउन सहयोग गर्ने शब्द (उदा.- राम डाक्टर भयो; यो कुरा राम्रो लाग्यो।)।
३.
बाहिरी प्रकृतिबाट सास तानी भित्र फोक्सो भर्ने एक प्रकारको प्राणायाम।
४.
कुनै वस्तुको कमी वा त्रुटिलाई पूरा गर्न पछि थपिने अंश।
उदाहरण वाक्य
- राम डाक्टर भयो; यो कुरा राम्रो लाग्यो।