पूर्व
Romanized: purv, purwa, purw, poorva
प्रातःकालमा सूर्योदय हुने क्षितिजको भाग; सूर्य उदाउने दिशा; पश्चिमको विपरीत दिशा। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
प्रातःकालमा सूर्योदय हुने क्षितिजको भाग; सूर्य उदाउने दिशा; पश्चिमको विपरीत दिशा।
२.
नेपाल, भारत, चीन, जापान आदि पूर्वीय देश; एसियाका पूर्वी भेकका देश। (उदा.- पूर्वको अतीत जति समृद्ध थियो वर्तमान त्यति छैन) ।
३.
कुनै कुराको अघिल्लो भाग।
४.
अघिल्लो समय।
५.
पूर्वज; पुर्खा।
६.
(क्रियाविशेषण)
पहिले; अघि।
७.
(विशेषण)
पहिलेको (जस्तो- पूर्वकाल, पूर्वसमय इ.)।
उदाहरण वाक्य
- पूर्वको अतीत जति समृद्ध थियो वर्तमान त्यति छैन