पेस्की
Romanized: peshki, peskee, peshkee, peshkii
कसैलाई कुनै काम गर्न लगाउँदा वा कुनै वस्तु किन्न निश्चय गर्दा अग्रिम रूपमा दिइने पारिश्रमिक वा मूल्यको केही… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी पेश्की]
१.
कसैलाई कुनै काम गर्न लगाउँदा वा कुनै वस्तु किन्न निश्चय गर्दा अग्रिम रूपमा दिइने पारिश्रमिक वा मूल्यको केही अंश; अग्रिम भुक्तानी; अग्रिम रकम; बैना।
२.
नियमित कर्मचारीका रूपमा वा अन्य प्रकारले काम गर्ने व्यक्तिलाई निर्धारित समयभन्दा पहिले वा काम सकिनुभन्दा पहिले उसले पछि पाउने तलब वा पारिश्रमिकको अङ्कबाट कट्टा गर्ने सर्तमा दिइने अग्रिम रकम।
३.
बसेको वा भएको ठाउँभन्दा अन्यत्र भ्रमणमा जाँदा प्रस्थान गर्नुभन्दा पहिले पठाइने मालसामान, कर्मचारी आदि।