प्रतिक्रिया
Romanized: pratikriyaa, pratikriy, pratikriya
कुनै घटना वा क्रिया हुँदा त्यसको फलस्वरूप हुने क्रिया वा भावना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै घटना वा क्रिया हुँदा त्यसको फलस्वरूप हुने क्रिया वा भावना।
२.
कुनै घटना वा कार्य हुँदा हुने मनको स्थिति वा मनमा पर्ने प्रभाव।
३.
प्रतिकूल स्थितिमा वा विपरीत अवस्थामा हुने कार्य; विरोध।
४.
मनको विरोधी स्थिति।
५.
परिणाम।
६.
द्वन्द्वात्मक भौतिकवादी दर्शनका अनुसार विवाद उत्पन्न भइसकेपछि वादका तर्फबाट र संवाद उत्पन्न भइसकेपछि विवादका तर्फबाट हुन जाने भौतिक, सामाजिक वा आर्थिक प्रक्रिया।