प्रदर्शन
Romanized: pradarshana, pradarshan, pradarsan, pradarsana
बाटो आदि देखाउने काम; मार्गनिर्देशन; भेगियारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
बाटो आदि देखाउने काम; मार्गनिर्देशन; भेगियारी।
२.
रङ्गमञ्चमा नाटक आदि देखाउने काम वा देखाउने उद्देश्यले अभिनयादि गर्ने काम।
३.
कुनै समस्याप्रति जनताको समर्थन वा सहानुभूति प्राप्त गर्न वा सरकारको दृष्टि आकर्षित गर्न सो समस्यासँग सम्बन्धित व्यक्तिहरूको जुलुस, नारा आदिद्वारा असन्तोष वा आफ्नो विचार प्रकट गर्ने काम; सामूहिक रूपमा कुनै विषयमा असन्तोष व्यक्त गर्ने काम।