प्रमाण
Romanized: pramaana, pramaan, praman, pramana
कुनै विषय वा कुरालाई सिद्ध वा साबित गर्नका निम्ति प्रस्तुत गरिने वस्तु वा कथन (प्रमाण चार प्रकारका हुन्छन्-… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै विषय वा कुरालाई सिद्ध वा साबित गर्नका निम्ति प्रस्तुत गरिने वस्तु वा कथन (प्रमाण चार प्रकारका हुन्छन्- प्रत्यक्ष प्रमाण, अनुमानसिद्ध प्रमाण, शब्दसम्बन्धी प्रमाण तथा उपमान वा उदाहरणसम्बन्धी प्रमाण)।
२.
कुनै वस्तुको यथार्थ ज्ञान गराउने साधन।
३.
परिमाण; मात्रा।
४.
सत्यता; सच्चाइ।
५.
निश्चय; प्रतीति।
६.
मर्यादा; मान; आदर।
७.
प्रमाणद्वारा कुनै कुरो प्रत्यक्ष सिद्ध गर्दा हुने एक अर्थालङ्कार।
८.
प्रमाण पत्र।