प्रस्तुत
Romanized: prastut, prashtuta, prashtut, prastuta
कुनै कार्यविशेषका निम्ति तयार रहेको; उद्यत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कुनै कार्यविशेषका निम्ति तयार रहेको; उद्यत।
२.
कुनै विचार, विमर्श, स्वीकृति वा कामका निम्ति पेस गरिएको; प्रस्तावित।
३.
कुनै व्यक्ति, वस्तु वा विषयलाई उपस्थित गरिएको; हाजिर गराइएको।
४.
तयार पारिएको; ठिक्क पारिएको; रिटिक्क।
५.
भनिएको; कथित; उक्त।
६.
स्तुति गरिएको; प्रशंसा गरिएको; प्रशंसित।
७.
चर्चा उठाइएको वा चलाइएको; प्रासङ्गिक; सान्दर्भिक ।
८.
सुरु गरिएको; थालिएको; आरब्ध।