प्रस्थापन
Romanized: prasthaapana, prasthaapan, prasthapan, prashthaapana
कार्यसिद्धि; सिद्धि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कार्यसिद्धि; सिद्धि।
२.
कुनै पद, मत, व्यक्ति, वस्तु आदिको स्थायित्वप्राप्ति।
३.
कुनै वस्तु वा व्यक्तिलाई पठाउने कार्य।
४.
सरकारबाट विधायिकामा जनप्रतिनिधिसमक्ष विधेयकको प्रस्तुतीकरण; प्रस्तुति।
५.
स्थापना; युक्तिपूर्वकको रखाइ।
६.
स्थापित हुने कार्य वा प्रक्रिया।