फर्कनु

Romanized: farkanu, pharkanu

गइरहेको बाटाबाट फेरि पछाडि आउनुः प्रत्यागमन गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [अनुकरण मूल फरक्+नु]

१.
गइरहेको बाटाबाट फेरि पछाडि आउनुः प्रत्यागमन गर्नु।
२.
एकापट्टिबाट अर्कापट्टि पल्टनु वा लेप्सिएर बसेको वस्तु उल्टो हुनु, उल्टिनु।
३.
गुमिसकेको वस्तु फेरि हात लाग्नु।
४.
एक दिशाबाट अर्को दिशातर्फ मुख लाउनु।
५.
एक कोल्टेबाट अर्को कोल्टे हुनु।

सम्बन्धित शब्दहरू