फुकाल्नु
Romanized: phukaalnu, fukaalnu, fukalnu, phukalnu
बन्धन, गाँठो आदि खोल्नु; फुकाउनु; फुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [फुक्+आल+नु]
१.
बन्धन, गाँठो आदि खोल्नु; फुकाउनु; फुनु।
२.
जिउमा लगाएका लुगा, गहना आदि खोल्नु; झक्नु।
३.
जडिएको वस्तु खोल्नु; खुस्काउनु।
४.
कसैसँग कुनै वस्तु युक्तिपूर्वक ढङ्गले लिनु; फुस्काउनु।