फूल
Romanized: phul, fula, ful, phoola
बोटबिरुवामा फल लाग्नुभन्दा पहिले निस्कने मनोहर एवं सुकोमल अङ्ग; फुलेको कोपिलो; पुष्प; कुसुम; सुमन; प्रसून। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत फुल्ल]
१.
बोटबिरुवामा फल लाग्नुभन्दा पहिले निस्कने मनोहर एवं सुकोमल अङ्ग; फुलेको कोपिलो; पुष्प; कुसुम; सुमन; प्रसून।
२.
रज; ऋतु (जस्तो- आङको फूल फुलिसक्यो)।
३.
मकै, धान, जुनेलो आदि भुट्ता विकसित भएको स्वरूप; लावा।
४.
स्त्रीजातिले टाउकामा लगाउने, सुनको चेप्टो, पातलो र वृत्ताकार गहना; शिरफूल।
५.
ल्वाङका टुप्पामा फुकेर रहेको फस्को अंश; ल्वाङको गोटा।