फेरी

Romanized: feri, pheree, feree, ferii

फेरी (feri) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

फेरी(१)

(नाम [फिर्+ई])
१..
गोरख-मतानुयायी फिरन्ता साधुहरूले भूतप्रेत आदिका प्रकोपबाट लोककल्याण गर्न राती घरघरमा घुमेर हरिणका सिङको बाजा बजाउँदै हिँड्ने काम।
२..
व्यापारीहरूले माल लिई बिक्री गर्न यताउति घुमफिर गर्ने काम।
३..
कुनै स्थानको वरिपरि घुम्ने क्रिया; प्रदक्षिणा।

फेरी(२)

(नाम [अड्])
१..
नाउ, डुङ्गा आदिद्वारा वारपार गर्ने ठाउँ; नदी तर्ने घाट।
२..
घाटमा नाउ, डुङ्गा आदि चलाउने ठेक्का।
३..
नदी आदि तर्नका निम्ति प्रयोग गरिने उपकरण।

सम्बन्धित शब्दहरू