फेर्नु
Romanized: fernu, phernu
कुनै एकसँग अर्को साट्नु वा बदल्नु; सट्टापट्टा गर्नु; परिवर्तन गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [प्राकृत फेर+नु]
१.
कुनै एकसँग अर्को साट्नु वा बदल्नु; सट्टापट्टा गर्नु; परिवर्तन गर्नु।
२.
उल्टो पार्नु; उल्टाउनु।
३.
बदला लिनु; साटो फेर्नु।
४.
जपमाला घुमाउनु।
५.
घोडा आदिलाई मण्डलाकार गतिमा घुमाउनु; कावा खुवाउनु।
६.
दिसा-पिसाब त्याग गर्नु; मलमूत्रादि छाड्नु।