बग्नु
Romanized: bagnu
पानी आदि पन्यालो वस्तु तलतिर सर्दै जानु; प्रवाहित हुनु; बहनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत वह+नु]
१.
पानी आदि पन्यालो वस्तु तलतिर सर्दै जानु; प्रवाहित हुनु; बहनु।
२.
बग्दो पानीका साथसाथै जानु; प्रवाहका साथमा हेलिनु।
३.
कुनै रुख आदि वस्तुबाट लेस्याइलो वा तरल पदार्थ निस्कनु।
४.
तरल पदार्थ धाराको रूपमा निस्कनु।
५.
चिप्लिएर सर्नु।
६.
हावा लाग्नु।
७.
सर्प आदि घस्रनु।
८.
अर्काका बहकाउमा लाग्नु; बहकिनु।