बाटो
Romanized: baato, bato
हिँड्नका निम्ति बनाइएको फराकिलो वा साँघुरो सोतोदार ठाउँ (सडक, गल्ली, गोरेटो आदि); मार्ग; पथ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत वर्त्म]
१.
हिँड्नका निम्ति बनाइएको फराकिलो वा साँघुरो सोतोदार ठाउँ (सडक, गल्ली, गोरेटो आदि); मार्ग; पथ।
२.
तरिका; उपाय; पद्धति।
३.
जीविका आदिको साधन; वृत्ति।
४.
आरम्भ; सुरु।