भर्ना
Romanized: bharnaa, bharn, bharna
कुनै पद, काम आदिमा मानिसहरू नियुक्त गर्ने काम; नियुक्ति; भर्ती; भरना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत भरण]
१.
कुनै पद, काम आदिमा मानिसहरू नियुक्त गर्ने काम; नियुक्ति; भर्ती; भरना।
२.
एक वस्तुको सट्टामा अर्को वस्तु दिने काम; क्षतिपूर्ति गर्ने काम; सट्टाभर्ना; बदला; सट्टा।
३.
नपुग भएको वस्तु पूरा गर्ने काम।
४.
विद्यालय-महाविद्यालयमा विद्यार्थी, अस्पतालमा बिरामी आदिको नाम लेखाई प्रवेश गर्ने काम।