भावना
Romanized: bhaavanaa, bhaavana, bhavanaa, bhaawanaa
अनुभव, स्मृति आदिबाट पैदा हुने मनोभाव; मनमा उत्पन्न हुने कुनै कल्पना, भाव वा विचार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अनुभव, स्मृति आदिबाट पैदा हुने मनोभाव; मनमा उत्पन्न हुने कुनै कल्पना, भाव वा विचार।
२.
ध्यान; चिन्तन।
३.
कुनै देव वा पूज्य व्यक्तिप्रतिको श्रद्धा; आस्था।
४.
प्रेम; अनुराग।
५.
कुनै औषधी आदि अर्को कुनै तरल पदार्थमा मिलाई सो तरल पदार्थको केही सुगन्ध औषधीमा पनि आउने गरी खलमा घोट्ने काम; पुट।