भिन्न

Romanized: bhinn, bhinna

भिन्न (bhinn) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

भिन्न(१)

(विशेषण [संस्कृत])
१..
छुट्टिएको; अलग; पृथक् छुट्टा।
२..
आफू र आफूदेखि बाहिरको; अर्को; दोस्रो; अन्यत्री; पराई।
३..
टुटेको; खण्डित।
४..
(नाम) गणितमा पूर्णाङ्कभन्दा न्यून सङ्ख्या; अंश (रेखाभन्दा माथि रहने सङ्ख्या) वा हर (रेखामुनि रहने सङ्ख्या)।

भिन्न(२)

(नाम [संस्कृत भिन्न])
१..
सगोलबाट छुट्टिएर बेग्लै बस्ने काम; अंश लागेर वा मानु छुट्टिएर चुलोचौको, आम्दानीखर्च आआफ्नो हुने व्यवहार वा स्थिति।
२..
(विशेषण) त्यसरी बसेको; बेग्लै; अलग; छुट; भिन्न।

सम्बन्धित शब्दहरू