भुल
Romanized: bhul, bhula
ताकेको काम गर्नुपर्नेमा झुक्किएर गरिने अर्कै काम; भुल्ने काम; भ्रम; चुक; गफलत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत भुल्ल]
१.
ताकेको काम गर्नुपर्नेमा झुक्किएर गरिने अर्कै काम; भुल्ने काम; भ्रम; चुक; गफलत।
२.
विराम; कसुर; विगार।
३.
लेखनमा हुने गल्ती; अशुद्धि।
४.
बिर्सने काम; विस्मृति।