भुल्नु
Romanized: bhulnu
पहिले भए-गरेको कुरा नसम्झिनु; बिर्सनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [प्राकृत भुल्ल+नु]
१.
पहिले भए-गरेको कुरा नसम्झिनु; बिर्सनु।
२.
कुनै गल्ती वा भुल गर्नु; बिराउनु।
३.
(अकर्मक क्रिया)
भुलमा पर्नु; चुक्नु।
४.
अलमलिनु; झुक्किनु; छक्किनु।
५.
आसक्त हुनु; लहसिनु; लग्गु हुनु।