भेद्नु
Romanized: bhednu
कसैमाथि तन्त्रमन्त्र प्रयोग गरी मोहनी लाउनु; टुनामुना गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत भेद+नु]
१.
कसैमाथि तन्त्रमन्त्र प्रयोग गरी मोहनी लाउनु; टुनामुना गर्नु।
२.
कुनै वस्तुमा प्वाल पार्नु छेड्नु।
३.
लक्ष्यभेद गर्नु।
४.
मिलेका साथीहरूलाई परस्परमा फाटो पार्नु; फुट गराउनु।
५.
चिर्नु; टुक्रयाउनु; काट्नु; फार्नु।