भोगटे

Romanized: bhogate

ज्यामिर जातको डल्लो र ठुलो, बाक्लो बोक्रा भएको, गोल फल हुने, रसिलो र गुलियो, बिजुलैबिजुला भएको गुदी लाग्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
ज्यामिर जातको डल्लो र ठुलो, बाक्लो बोक्रा भएको, गोल फल हुने, रसिलो र गुलियो, बिजुलैबिजुला भएको गुदी लाग्ने एक जातको फल; फोक्से।
२.
हल्का हरियो रङका बाटुला र फराकिला पात हुने, पाक्ता सेतो र पहेंलो रङका मसिना दाना झुप्पैझुप्पा परेर फल्ने प्रायः चार हजार फिटभन्दा माथि हुने एक वनस्पति; त्यसैको फल।
३.
सेता आकारका मसिना दाना झुप्पैझुप्पा परेर फल्ने, पाकेपछि रक्सी बनाउने काममा प्रयोग हुने एक जातको फल।

सम्बन्धित शब्दहरू