भोग
Romanized: bhog, bhoga
सुखदुःख आदिको अनुभव गर्ने काम; भोगाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सुखदुःख आदिको अनुभव गर्ने काम; भोगाइ।
२.
पाप वा पुण्यको फल; प्रारब्ध।
३.
सुखदुःखको अनुभव गर्ने देह।
४.
कुनै वस्तु आफ्नो अधिकार वा उपयोगमा ल्याउने काम; मनमाफिकको चलन।
५.
कुनै ग्रह एकै राशिमा रहने समय वा काल।
६.
खानेकुरो खाने काम; भक्षण; खवाइ।
७.
देवदेवी आदिलाई अर्पण गरिने नैवेद्य, बलि आदि।
८.
शासन; राज्य।
८.
समागम; मैथुन।
१०.
लिच्छविकालमा पशुपालन गरेबापत सरकारलाई तिर्नुपर्ने कर; वस्तुकर।
११.
आफ्नो सम्पत्तिमा अरू कसैको हस्तक्षेप नरही आफूखुसी गर्न पाउने स्थिति वा शक्ति।