मधु

Romanized: madhu

माहुरीले चाकामा जम्मा गरेको गुलियो पदार्थ; मह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
माहुरीले चाकामा जम्मा गरेको गुलियो पदार्थ; मह।
२.
फूलका कलिकामा जमेर बस्ने र भँवरा, माहुरी आदिले चुस्ने गुलियो रस; पुष्परस; मकरन्द।
३.
मदिरा ।
४.
चैत-वैशाख; वसन्त ऋतु।
५.
पानी; जल।
६.
मदिरा बनाउने काममा प्रयोग हुने टपजस्तो आकारका फूल फुल्ने एक वृक्ष; महुवा।
७.
पुराणअनुसार विष्णुका कानेगुजीबाट उत्पन्न भएका र विष्णुले आफ्नै जाँघमा राखेर मारेका मधु र कैटभ नामक दुई राक्षसमध्ये एक।
८.
औषधीमा प्रयोग गरिने, सानो नली भएको, गुलियो स्वाद हुने लेकाली बुटी; जेठीमधु।
९.
अमृत।
१०.
(विशेषण) मिठो; मधुर; गुलियो।

सम्बन्धित शब्दहरू