माग्नु
Romanized: maagnu, magnu
कुनै कुरो पाउनका निम्ति कसैसित प्रार्थना गर्नु; याचना गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [प्राकृत माग+नु]
१.
कुनै कुरो पाउनका निम्ति कसैसित प्रार्थना गर्नु; याचना गर्नु।
२.
गरिब वा दरिद्रले अन्न, वस्त्र, पैसा आदि पाऊँ भनेर प्रार्थना गर्नु; मिक्षा गर्नु।
३.
अधिकार वा यस्तै कुनै कामकुरोका लागि प्रार्थना गर्नु; माग गर्नु।