माटो
Romanized: maato, mato
जमिनको माथिल्लो भागमा पाइने, ढुङ्गो, बालुवा, पानी, खनिज पदार्थ आदि बाहेकको, बोटबिरुवा, बालीनाली आदि उम्रने,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत मिट्टीआ८ संस्कृत मृत्तिका]
१.
जमिनको माथिल्लो भागमा पाइने, ढुङ्गो, बालुवा, पानी, खनिज पदार्थ आदि बाहेकको, बोटबिरुवा, बालीनाली आदि उम्रने, जीवजन्तु आदि बस्ने र हिँड्ने, भाँडाकुँडा आदि बनाउने काममा प्रयोग हुने, लेउ, सडेपडेका वस्तु आदि मिलेर बनेको उर्वर, बुरबुराउँदो तथा कमलो, गन्धयुक्त वस्तु; मट्टी; माटी।
२.
खेतबारी; जमिन; जग्गा।