माल
Romanized: maala, maal, mal, mala
माल (maala) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
माल(१)
(नाम [संस्कृत माला])
1.
गाईगोरु, छेपारो आदिका घाँटीमा झुन्डिने छाला; गलकम्बल।
माल(२)
(नाम)
1.
खिइएर वा घिस्सिएर ठाउँठाउँमा खाल्टाखुल्टी परेका वा पातलो भएका कलपुर्जामा पछिबाट थपिने धातुको रसायन।
माल(३)
(नाम [अरबी ])
१..
व्यावहारिक जीवनमा उपयोग हुने तथा किनबेच गरिने कुनै पनि प्राकृतिक वा मानवीय श्रमद्वारा उत्पादित वस्तु; चिजबिज; जिन्सी सामान; जिनिस।
२..
धन; सम्पत्ति।
३..
जग्गा-जमिनको तिरो तहसिल गर्ने अर्थ- मन्त्रालयअन्तर्गतको एक अड्डा; मालपोत कार्यालय; मालअड्डा।
४..
मदेस; तराई।
५..
गाँजा।