मेट्नु
Romanized: metnu
दाग, चिह्न, अक्षर, चित्र आदि घोटेर वा पुछेर हटाउनु; नामेट पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [प्राकृत मेट+नु]
१.
दाग, चिह्न, अक्षर, चित्र आदि घोटेर वा पुछेर हटाउनु; नामेट पार्नु।
२.
अक्षर वा चित्रलाई कलम वा कुचीले नदेखिने गरी पुछ्नु; केरमेट गर्नु; केर्नु।
३.
मिल्काउनु; फ्याँक्नु; फाल्नु।
४.
भोक, प्यास आदि हटाउनु, तृप्त गर्नु।
५.
अस्तित्वको लोप गर्नु; सखाप पार्नु।