मेल
Romanized: mel, mela
मेल (mel) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
मेल(१)
(नाम [संस्कृत])
१..
परस्पर भेट्ने काम; मिलाप; समागम।
२..
आपसको सद्भावना; मित्रता; मैत्री।
३..
मिश्रण; मिलावट।
४..
समाज; सभा।
५..
ढङ्ग; छाँट।
६..
प्रकार; तरिका।
७..
प्रेम; प्रीति।
७..
सङ्गीतशास्त्रमा एक प्रकारको थाट।
मेल(२)
(नाम [अङ् ])
१..
हुलाकद्वारा वितरित गरिने चिठी, पार्सल आदि डाँक।
२..
हुलाकव्यवस्था; हुलाकी वस्तु ओसार्ने यातायातको साधन; डाँकगाडी।