यम
Romanized: yam, yama
मान्छे मरेपछि पाप र पुण्यको परीक्षा गरी स्वर्ग वा नरकको फल प्रदान गर्ने भनिएका देवता; यमराज; धर्मराज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
मान्छे मरेपछि पाप र पुण्यको परीक्षा गरी स्वर्ग वा नरकको फल प्रदान गर्ने भनिएका देवता; यमराज; धर्मराज।
२.
सूर्यकी विवाहिता पत्नी संज्ञाका पुत्र; दक्षिणदिशाका स्वामी।
३.
जुम्ल्याहा; यमज।
४.
अहिंसा, सत्य, अस्तेय, ब्रह्मचर्य र अपरिग्रह-यति पाँचवटा तत्त्व पालन गर्नाले पूर्ण हुने अनुशासन।
५.
अष्टाङ्ग योगमध्येको पहिलो योग।
६.
गति।
७.
सद्गति; मृत्यु।
८.
आयतनको हिसाबबाट आठौँ ग्रह।