योगिनी
Romanized: yoginee, yoginii, yogini
योगाभ्यास गर्ने नारी; जोगिनी; तपस्वी नारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
योगाभ्यास गर्ने नारी; जोगिनी; तपस्वी नारी।
२.
काठमाडौँ उपत्यकामा रहेका चार देवी (वज्रयोगिनी, ब्रह्मयोगिनी, नीलतारा योगिनी र विजयेश्वरी योगिनी) मध्ये कुनै एक।
३.
भगवतीका नारायणी, गौरी, शाकम्भरी लगायत चौंसठी सहचारीमध्ये कुनै एक।
४.
आषाढ कृष्णपक्षको एकादशी।
५.
रणपिशाचिनी; रणचण्डी ।
६.
अष्टदेवी (शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, स्कन्दमाता, कुष्माण्डी, कालरात्रि, कात्यायनी र महागौरी)।
७.
ज्योतिषशास्त्रअनुसार विशेष तिथिमा विशेष दिशामा रहने देवी; दिङ्माता (ब्राह्मी, माहेश्वरी, कौमारी, वैष्णवी, वाराही, इन्द्राणी, चामुण्डा र महालक्ष्मी)।
८.
तिथिका आधारमा पूर्व आदि दिशामा निवास गर्ने (नारीहरूले यात्रा गर्दा बार्नुपर्ने तथा सामुन्ने र दायाँ पर्दा अनिष्ट फल दिने) कालयोगिनी।
९.
जन्म नक्षत्रमा तीनको अङ्क जोडेर आठले शेष गर्दा रहने अङ्कका आधारमा क्रमशः मङ्गला, पिङ्गला, धान्या, भ्रामरी, भद्रिका, उल्का, सिद्धा, सङ्कटा गरी आठवटा योगिनी; सूर्यादि ग्रहका पत्नीका रूपमा मानिने दशा (सूर्यपिङ्गला, चन्द्रमङ्गला, भौमभ्रामरी, बुधभद्रिका, गुरुधान्या, शुक्रसिद्धा, शनिउल्का र राहुसङ्कटा)।