रस

Romanized: ras, rasha, rash, rasa

आलो वा गिलो वस्तु निचोर्दा आउने द्रव पदार्थ; झोल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आलो वा गिलो वस्तु निचोर्दा आउने द्रव पदार्थ; झोल।
२.
वन्य जरीबुटीका पात, बोक्रा, डाँठ, जरा र फूलसमेत पाँच अङ्गलाई कुटेर निचोर्दा आउने तरल पदार्थ।
३.
जरीबुटी, वनस्पति आदिलाई उसिनेर निकालिने सार; जरीबुटीको काँडा।
४.
रुख-बिरुवामा घाउ लगाएर निकालिने खोटो, चोप आदि कुनै प्रकारको तरल पदार्थ; निर्यास।
५.
प्राणीका शरीरबाट निस्कने रगत, दुध, वीर्य, पसिना आदि।
६.
अमरता प्रदान गर्ने सुधा; अमृत।
७.
रक्सी; मदिरा।
८.
प्राणीले खाएको भोजन पाचनथैलीमा पुगी रगत बन्नुभन्दा पहिले बन्ने तरल पदार्थ; शरीरका सप्त धातुमध्ये एक।
९.
जल; पानी।
१०.
तरल पदार्थ; पन्यालो वस्तु; द्रव।
११.
पानीमा घोलिएको चिनी, मिस्री, नुन आदिको घोल; मिश्रित झोल।
१२.
खाद्य वस्तु जिभ्रामा पर्दा जिभ्राले अनुभव गर्ने अमिलो, नुनिलो, पिरो, गुलियो, टर्रो, तितोसमेत ६ प्रकारको स्वाद; षड्रस; रसनेन्द्रियले प्राप्त गर्ने आस्वाद।
१३.
साहित्यमा विभाव, अनुभाव र सञ्चारीभावका संयोगबाट प्रस्फुरण हुने शृङ्गार, वीर, करुण, हास्य, अद्भुत, भयानक, रौद्र, बीभत्स र शान्तसमेतका अनुभूतिगत नवरस।
१४.
कुनै वस्तुको सारतत्त्व; मुख्यत्तत्त्व।
१५.
आयुर्वेदीय पद्धतिअनुसार विभिन्न धातुहरूको भस्म बनाएर तयार गरिएको औषधी; रसादि ।
१६.
पारो।
१७.
सिम्रिक।
१८.
कामव्यवहारमा रसबस गर्ने व्यक्तिले पाउने आकर्षण; आन्तरिक रुचि।
१९.
कुनै कार्य गर्दा मिल्ने आत्मसन्तुष्टि।
२०.
रसरङ्ग; रासक्रीडा; केलि।
२१.
गणितज्योतिषमा ६ अङ्कको नाम; ६ अङ्कलाई बुझाउने शब्द।
२२.
वास्तु तथा मूर्तिकलाअनुसार ६ अमलको नापोलाई बुझाउने शब्द।

सम्बन्धित शब्दहरू