रहर
Romanized: rahar, rahara
रहर (rahar) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
रहर(१)
(नाम [हिन्दी अरहर, संस्कृत आढकी])
१..
शिरीषका जस्ता पात हुने, बढीमा चार मिटर लामो, एकै साल मात्र रहने बुटो हुने, पहेँला फूल फुल्ने र एकै भेट्नामा चारपाँचवटा कोसा लाग्ने, एक कोसामा दशबाह्रवटा दाना लाग्ने, दालजातको एक अन्न।
२..
यसै कोसाका फललाई दलेर दाल खान बनाइएको छाँटा।
रहर(२)
(नाम [लहड])
1.
कुनै काम वा ज्ञानार्जन आदि गर्न जाग्ने उत्कट इच्छा; उत्कण्ठा; चाख; चाह; आकाङ्क्षा।