लाग्नु

Romanized: laagnu, lagnu

कुनै काममा तनमन दिएर लागिपर्नु; प्रवृत्त हुनु, कामकुरामा तल्लीन हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
कुनै काममा तनमन दिएर लागिपर्नु; प्रवृत्त हुनु, कामकुरामा तल्लीन हुनु।
२.
कामकुरो गर्न सुरु गर्नु; प्रारम्भ गर्नु; थाल्नु।
३.
कुनै काम हुन खोज्नु; आँट्नु।
४.
लेसाइलो पदार्थ टाँसिनु; जोडिनु।
५.
हातलागी हुनु; मिल्नु; पाउनु (जस्तो- हात लाग्नु)।
६.
ठोकिनु; बज्नु।
७.
सार गर्नु।
८.
बन्द हुनु; थुनिनु।
९.
पोतिनु; लिपिनु।
१०.
रङ्गरोगन वा पालिस बस्नु।
११.
भूतप्रेत आदिले पक्रनु; लगानमा पर्नु।
१२.
नाता पर्नु; साइनो पर्नु।
१३.
अनुभव हुनु; मनमा हो भन्ने पर्नु।
१४.
लट्ठ पर्नु; लठ्ठिनु।
१५.
अर्थबोध हुनु; माने वा मतलब खुल्नु।
१६.
दोष, बात आदि आइपर्नु; आरोप लाग्नु (जस्तो बात लाग्नु)।
१७.
गणितमा ठिकठिकसँग भाग जानु।
१८.
अडकल, जुक्ति, बुद्धि आदि मिल्नु।
१९.
लत, बानी आदि बस्नु।
२०.
पालुवा, फूल, फल आदि पैदा हुनु; उम्रनु।
२१.
खर्च, भाडा आदि पर्नु।
२२.
पक्ष लिनु, ओड गर्नु।
२३.
खेल, जूवा आदिमा बारम्बार उही दाउ आउनु।
२४.
खेदो गर्नु; पछ्‌याउनु।
२५.
दृष्टिदोष हुनु, कुदृष्टि पर्नु।
२६.
उपयोग वा व्यवहारमा आउनु, काममा प्रयुक्त हुनु ।

सम्बन्धित शब्दहरू