लिप्नु
Romanized: lipnu
गोबर, माटो आदिको लेदो पदार्थ मुछेर घर, आँगन, खलो आदिमा पातलो गरी लाउनु, घरका भित्ताहरूमा गोबरमाटो मिलाएर… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत लिप्+नु]
१.
गोबर, माटो आदिको लेदो पदार्थ मुछेर घर, आँगन, खलो आदिमा पातलो गरी लाउनु, घरका भित्ताहरूमा गोबरमाटो मिलाएर घस्नु वा टाल्नु, पोतर्नु, पोत्नु।
२.
हिलो, फोहर आदि जताततै घस्नु।
३.
लेखाइ नराम्रो र बाक्लो पार्नु।