वर्ष
Romanized: varsha, varsh, warsha, warsh
दुई अयन, छ ऋतु र बाह्र महिना हुने, कालको एक प्रसिद्ध मान; संवत्सर; साल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
दुई अयन, छ ऋतु र बाह्र महिना हुने, कालको एक प्रसिद्ध मान; संवत्सर; साल।
२.
कालगणनामा कुनै विशिष्ट चक्र वा अवधि पूरा हुन लाग्ने समय (जस्तै- चान्द्रवर्ष, सौरवर्ष, आर्थिक वर्ष इ.)।
३.
कुनै मासको निश्चित तिथिदेखि फेरि त्यही मासको आउने तिथिका बिचको समय।
४.
कुनै महाद्वीपको प्रधान भाग वा विभाग (जस्तै- भारतवर्ष, इलावर्ष आदि)।
५.
जन्मदेखि वर्तमानसम्मको समय; उमेर; आयु।
६.
झरी; वृष्टि।