वाह

Romanized: vaaha, vaah, waaha, vah

वाह (vaaha) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

वाह(१)

(विस्मयादिबोधक [फारसी])
१..
राम्रो काम गर्नेलाई स्याबासी दिँदा वा तारिफ गर्दा प्रयोग गरिने शब्द, धन्य।
२..
खराब काम गर्नेलाई व्यङ्ग्यपूर्वक भनिने तिरस्कारसूचक शब्द।

वाह(२)

(विशेषण [संस्कृत])
१..
शब्दको पछाडि जोडिएर बोक्ने, लैजाने, ओसार्ने आदि अर्थ बुझाउने पद। (जस्तो- वारिवाह, जलवाह आदि)।
२..
(नाम) परिआएको बखत डोली, भारी आदि बोक्ने एक प्रकारको रकम।
३..
लैजाने काम; ओसार्ने काम।
४..
बोक्ने साधन; ओसार्ने वस्तु; यान।
५..
मानिसलाई बोकी ओसार्ने हात्ती, घोडा, गोरु आदि पशु।

सम्बन्धित शब्दहरू