विचार
Romanized: vichaara, vichaar, vichara, wichaara
कुनै समस्या, विषय वा स्थितिबारे गहिरिएर सोच्ने काम; मनमनै गरिने चिन्तन, मनन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै समस्या, विषय वा स्थितिबारे गहिरिएर सोच्ने काम; मनमनै गरिने चिन्तन, मनन।
२.
मनले सोचेको वा सोचेर टुङ्गो लगाएको कुरो; सङ्कल्प; ठहर ।
३.
मनको सोचाइ मनको अनुभूति।
४.
तत्त्व-परीक्षा; तात्त्विक तर्कवितर्क।
५.
वादी र प्रतिवादीका प्रमाण बुझेर सम्बन्धित क्षेत्रबाट मुद्दा छिन्ने काम; फैसला।
६.
सत्य र असत्य कुरा छुट्ट्याउने बुद्धि; विवेक।
७.
रेखदेख; हेरविचार। क्रियापुत्रीलाई बन्धुवर्गका तर्फबाट खान दिइने सिधा; घोत।
९.
शोकमा परेका व्यक्तिलाई सम्झाई बुझाई सान्त्वना दिने काम।