विषम

Romanized: vishama, visham, wishama, wisham

सबै भाग, अंश वा पक्ष समान वा बराबर नभएको; कम्ती वा बेसी भएको; असमान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
सबै भाग, अंश वा पक्ष समान वा बराबर नभएको; कम्ती वा बेसी भएको; असमान।
२.
सम्म नपरेको; समतल नभएको (जमिन आदि)।
३.
दुई अङ्कले भाग नलाग्ने; बिजोर (सङ्ख्या)।
४.
सजिलैसित बुझ्न नसकिने; बुझ्न गाह्रो; दुर्बोध्य।
५.
सम्पन्न गर्न अप्ठ्यारो; पार गर्न मुस्किल; विकट।
६.
दुःख वा डर पैदा गर्ने किसिमको; कष्टकर; भयङ्कर।
७.
एक दिन बिराएर आउने (ज्वरो)।
८.
अधिकतम र न्यूनतम तापक्रममा धेरै अन्तर भएको; ग्रीष्ममा धेरै गर्मी र हिउँदमा धेरै जाडो हुने।
९.
(नाम) चारै चरणमा समान अक्षर नहुने छन्द।
१०.
दुई भिन्न विरोधी वस्तुको सम्बन्ध वा यथायोग्यको निरूपण गर्दा पर्ने एक अर्थालङ्कार।

सम्बन्धित शब्दहरू