व्युत्पत्ति

Romanized: wyutpatti, byutpatti, vyutpatti

प्रकृति र प्रत्ययको विभाजनपूर्वक शब्दको विग्रह गर्ने क्रिया; कुनै शब्दको प्रकृति, प्रत्यय र त्यसको मूल रूपको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
प्रकृति र प्रत्ययको विभाजनपूर्वक शब्दको विग्रह गर्ने क्रिया; कुनै शब्दको प्रकृति, प्रत्यय र त्यसको मूल रूपको निरूपण गर्ने क्रिया।
२.
व्युत्पत्तिप्रक्रियाको ज्ञान।
३.
छन्द, व्याकरण, कला, लोकस्थिति, परपदार्थको विज्ञान आदिबाट गरिने योग्यायोग्यको विवेक।
४.
विशेष किसिमबाट भएको उत्पत्ति; उत्पत्तिको प्रक्रिया।

सम्बन्धित शब्दहरू