शङ्ख
Romanized: shangkha, shangkh, sangkha, shankha
समुद्रमा पाइने घुँगी जातका किराको ढुङ्गाजस्तो साह्रो गुँड वा खबटो; त्यसैको अघि युद्धमा शत्रुपक्षलाई हाँक र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
समुद्रमा पाइने घुँगी जातका किराको ढुङ्गाजस्तो साह्रो गुँड वा खबटो; त्यसैको अघि युद्धमा शत्रुपक्षलाई हाँक र स्वपक्षलाई उत्साह दिन बजाइने र अचेल कुनै माङ्गलिक कार्य वा पूजाआजामा दोहोरो र बाहुनक्षेत्रीका मलाममा एकोहोरो बजाइने बाजा।
२.
औंलाका टुप्पामा हुने एकातिर बगेर गएजस्तो आकृतिको रेखात्मक चिनु।
३.
सय पद्मको सङ्ख्या वा गणना।
४.
कुबेरका नौ निधिमध्ये एक।
५.
विष्णुद्वारा मारिएको एक राक्षस; शंखासुर।