शान्त
Romanized: shaanta, shaant, shanta, saanta
कुनै प्रकारको रिसराग, द्वेष, दुःख आदि मनोविकार नभएको; शिष्ट र सौम्य प्रकृतिको; शान्तियुक्त; सुशील र विनम्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कुनै प्रकारको रिसराग, द्वेष, दुःख आदि मनोविकार नभएको; शिष्ट र सौम्य प्रकृतिको; शान्तियुक्त; सुशील र विनम्र।
२.
गति वा वेग नभएको; निश्चल।
३.
कुनै उपध्रो, विघ्नबाधा, हल्ला आदि नभएको; निःशब्द; मौन।
४.
मानिस आदि नभएको; सुनसान; निर्जन।
५.
शमन भएको; निभेको।
६.
प्राणपखेरु उडेको; मरेको; मृत।
७.
प्रसन्न वा सन्तुष्ट पारिएको; धैर्य भएको।