शान्ति

Romanized: shaanti, shanti, saanti, santi

सुखदुःख, हर्षविस्मात्, रिसद्वेष आदि मनोभावनाले नबिथोलिएको मानसिक स्थिति; शान्त वा स्थिर अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
सुखदुःख, हर्षविस्मात्, रिसद्वेष आदि मनोभावनाले नबिथोलिएको मानसिक स्थिति; शान्त वा स्थिर अवस्था।
२.
विद्रोह, होहल्ला, खलबली, रडाको आदि नभएको अवस्था।
३.
भोकतिर्खा, श्रमताप, घामपानी आदिको शमन।
४.
ग्रहहरूको बाधा तथा अशुभ फल, दोष आदिको निवृत्ति गर्ने कुनै माङ्गलिक कार्य।
५.
मनमा कुनै दुःखपिर आदि नहुने बाधारहित अवस्था; आराम, चैन।
६.
सांसारिक विषयभोगप्रतिको विरक्ति वा उदासीनता।
७.
सहने काम, धैर्य; सान्त्वना।

सम्बन्धित शब्दहरू