शास्त्र
Romanized: shaastra, shaastr, shastra, saastra
सम्बन्धित गहन ज्ञानका साथै सर्वसाधारणको कल्याण तथा अनुशासनका नियमविधान लेखिएको वा समष्टिअध्ययनको सञ्चित… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सम्बन्धित गहन ज्ञानका साथै सर्वसाधारणको कल्याण तथा अनुशासनका नियमविधान लेखिएको वा समष्टिअध्ययनको सञ्चित भण्डार भएको विशेष ग्रन्थ (शिक्षा, कल्प, व्याकरण, निरुक्त, ज्योतिष, छन्द, ऋग्वेद, यजुर्वेद, सामवेद, आयुर्वेद, धनुर्वेद, गन्धर्ववेद, अथर्ववेद, मीमांसा, न्याय, धर्मशास्त्र, पुराण र अर्थशास्त्र गरी अठार प्रकारका)।
२.
कुनै विषयसम्बन्धी आवश्यक तथा गूढ र ज्ञातव्य कुरा क्रमपूर्वक लेखिएको ग्रन्थ; विज्ञान।
३.
यथार्थ वा वास्तविक ज्ञान; विद्या; सिद्धान्तग्रन्थ।